गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ११ सय नाघ्यो
मकालु खबर
२०७७ असार २२ गते
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ११ सय नाघेको छ । आज थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १ हजार ११३ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
गणडकी प्रदेशमा हालसम्म ४ जना संक्रमितको मृत्यु भएकाे छ भने २ सय ९७ डिस्चार्च भइसकेका छन् ।
मकालु खबर
२०७७ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित