मास्क लगाउन झन्झट लाग्छ ? प्रहरीले समाउला है !

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा विभिन्न देशहरुले मास्क अनिवार्य गरेका छन् । मास्क लगाएमा संक्रमणकाे जाेखिम कम हुने विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ ।

नेपालमा घर बाहिर निस्कदा मास्क प्रयोग गर्न पटकपटक अनुरोध गरिदै आएको छ । तर नागरिकले भने अटेरी गरेको पाइएपछि प्रहरीले अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्ने भएको छ । मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।

मास्क नलगाई निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयले जनाएकाे छ । लकडाउन खुकुलाे गर्ने शर्तअनुसार नागरिकले दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना गर्ने भनिएकाे थियाे तर त्यसको पालना नभएको र कोरोनाको जोखिम बढ्दै गएपछि यस्तो निर्णय गरिएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *