सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर रिलिज (ट्रेलरसहित)

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको करिब २२ दिनपछि उनको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर रिलिज भएको छ । आज (सोमबार) उक्त चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलर रिलिज भएको २ घण्टामा नै ४ लाख ८४ हजार बढीले हेरिसकेका छन् । चलचित्रको निर्देशन मुकेश छाबडाले गरेका छन् । यो उनको पहिलो निर्देशन हो । चलचित्र २९ नोभेम्बर २०१९ मै रिलिज हुने भनिएको थियो तर कारणबस रिलिज डेट ८ मे २०२० मा सारियो ।

यसबीच कोरोनाको प्रकोप चल्यो र लकडाउन घोषणा भयो । हलहरु सबै बन्द भए । चलचित्र रिलिज हुन पाएन । १४ जुनमा सुशान्तले आत्महत्या गरेका थिए । सुशान्तको मृत्युपछि मानिसहरु उनको अन्तिम चलचित्र हेर्न आतुर छन् ।

हेराैँ ट्रेलर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *