मेरो लक्ष्य कहिले पनि महानायकको घरतिर मोडिएनः दिपकराज गिरी

काठमाडौँ । महानायक राजेश हमालकाे विषयमा बाेल्दा विवादित बनेकी कलाकार तथा निर्देशक दीपाश्री निराैलाकाे पक्षमा बाेल्दा विवादमा तानिएपछि हाँस्य कलाकार दीपकराज गिरीले आफ्नो लक्ष्य कहिलेपनि  महानायकतिर नमाेडिएकाे बताएका छन् ।

दिपाकाे पक्षमा बाेल्दा महानायक हमालका फ्यानहरूले उनीमा घमण्ड बढेकाे भन्दै कलाकार गिरीलाई आफैँ महानायक बन्न खोजेको आरोप लगाएका थिए । ‘दीपाश्रीकाे लागि त महानायक दिपकराज गिरि पो हो त’ भन्नेसम्मका टिप्पणी भइरहेकाे अवस्थामा उनले आफ्नो लक्ष्य कहिलेपनि महानायकतिर नमाेडिएकाे बताएका हुन् ।

दिपकराजले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जबदेखि कलाकार भएँ, हरिदाई, मदन दाई र सन्तोष पन्त दाई जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थेँ । मेरो बाटो, मेरो लक्ष्य कहिले पनि महानायकको घर तिर मोडिएन । मेरो गल्ती बिनै मलाई जबरजस्ती महानायक बनाउनेहरूलाई धन्यवाद । जब असत्य चिच्याई चिच्याई बोलेर भिड जम्मा गरिरहेको हुन्छ, सत्यले चूपचाप आफ्नो बाटो हिँड्नु राम्रो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *