चार खेल पत्रकारसहित १० पत्रकार सम्मानित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ४ खेल पत्रकारसहित १० पत्रकारलाई सोमबार नगदसहित सम्मान गरेको छ ।

सम्मानित हुने खेल पत्रकारमा अन्नपूर्ण पोस्टका रोशनकुमार सिंह, कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधर, नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की र पोखराका केशव पाठक रहेका छन् ।

 

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र सचिव रामप्रसाद थपलियाले उनीहरुलाई प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरे । पाठक पोखरामा भएका कार्यक्रममा उपस्थित भएनन् ।

सोही अवसरामा विभिन्न सञ्चारमाध्यमका ६ युवा पत्रकारलाई पनि प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा मन्त्री विश्वकर्माले एन्टी डोपिङ एप्स पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *