स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा डा. थपलिया नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. राधिका थपलिया नियुक्त भएकी छन् ।

मन्त्रीस्तरीय निर्णय गरी अर्को निर्णय नहुन्जेलसम्मका लागि डा. थपलियालाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

डा. थपलिया यसअघि राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको स्वास्थ्य शिक्षा प्रशासकमा कार्यरत थिइन् ।

बिमा बोर्डको कार्यकारी निर्देशक पद खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रावधान रहेको छ ।

असार १७ मा कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले राजीनामा दिएका थिए । तर उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

स्वास्थ्य राज्यमन्त्री नवराज रावतका अनुसार कार्यकारी निर्देशकले आर्थिक वर्षको अन्त्यमा राजीनामा दिँदा थुप्रै कामहरू रोकिएकाले तत्काल काम चलाउनका लागि थपलियालाई नियुक्ति दिइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *