घाँस काट्न गएका युवाको भीरबाट लडेर ज्यान गयो

बझाङ । जिल्लाको केदारस्युँ गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका वडा नम्बर २ कोटीगाउँका २८ वर्षीय नरेश बिष्टको भिरबाट लडेर मृत्यु भएको हो ।

सोमबार घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका बिष्टको जिल्लामा सम्भव नभएपछि थप उपचारको लागि धनगढी लैजादै गर्दा आज बिहान बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बिष्टका १० वर्षका छोरा, ७ वर्षकी छोरी र श्रीमती छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *