सरकारसँग १२ बुँदे सहमतिपछि ‘इनफ इज इनफ’ का अभियान्ताले ताेडे अनशन

काठमाडौं । इनफ इज इनफका अभियान्ता र सरकारबीच १२ बुँदे सहमति भएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमको अवस्थामा क्वारेन्टिनलाई व्यवस्थित बनाउन, पीसीआर परीक्षण बढाउनुपर्ने माग राख्दै अनशन बसेका ईः सहितका अभियान्ताहरु र स्वास्थ्य मन्त्रालयबीच आज (मंगलबार) १२ बुँदे सहमति भएको हो । सहमतिपछि युवा अभियान्ताहरुले अनशन तोडेका छन् ।

सहमतिमा सरकारले आरडीटी परीक्षण रोक्ने भनेको छ । त्यस्तै क्वारेन्टिन व्यवस्थित गर्ने, सत्याग्रही युवा र सरकारबिच विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने व्यवस्था गर्ने, जोखिममा रहेका सबै (लक्षण देखिएका र नदेखिएका पनि) को राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने, क्वारेन्टिन र होल्ङ्गि सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने लगायतका सहमति पनि भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *