धरानमा एक व्यक्ति मृत फेला

सुनसरी । जिल्लाको धरान– १४ मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । धरान १३ कृषि बजारदेखि माथि पूर्वपट्टी विजयपुर जाने बाटोको डिलमा घोप्टो परेको अवस्थामा व्यक्ति मृत फेला परेका हुन् ।

मृत भेटिएका ती व्यक्ति धरान १ निवासी ४१ बर्षीय जितेन राई रहेको ईलाका प्रहरी कर्यालय धरानले जनाएको छ । घोप्टो परेको अवस्थामा रहेको राईको देब्रे हातको कुहिनामा चोट लागेकाे पाइएकाे छ । मृत्यु के कारणले भएको हाे भन्ने पत्ता लागेको छैन । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

मृतक राई २०६० सालदेखि नै धरान १ ससुरालीमा बस्दै आएको र यहिँ नै काठको मिस्त्रीको रुपमा काम गर्दै बसेको मृतकका ससुरा विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । मृतकका ससुराका अनुसार इलाम स्थायी घर भएका मृतक राईले सविता श्रेष्ठसँग करिब ३० बर्ष अघि नै विवाह गरेका थिए । हाल उनको १७ र ५ बर्षीय दुई छोरा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *