झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता, ४५ मिनेट कुराकानी

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान खनाल निवास डल्लु पुगेर राजदूत यान्छीले भेटवार्ता गरेकी हुन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।

यसअघि राजदूत यान्छीले नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन् । दुईबीच सामान्य कुराकानी भएकाे भनिएता पनि नेकपाभित्र विवाद चर्किरहेका बेला उनकाे भेटले थप तरंग पैदा गरेकाे थियाे । नेकपामा यान्छीकाे हस्तक्षेप भएकाे भन्नेसम्मका कुराहरू उठेका थिए ।

अहिले झलनाथसँगकाे भेटले थप चासाे उत्पन्न गरेकाे छ । उनीहरूबीच  दुई देशको आपसी हितका बारे कुराकानी भएको बताइएकाे छ । राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको पनि बुझिएको छ ।

नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढ्नुलाई असामान्य मानिएकाे छ । नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *