भारतमा कोरोना संक्रमणबाट एकैदिन ४६७ जनाको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमबाट ४६७ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या २० हजार १६० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२ हजार २५२ नयाँ संक्रमित फेला परेका छन् ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कुल संक्रमितको संख्या ७ लाख १९ हजार ६६५ पुगेको छ ।

अहिलेसम्म भारतमा चार लाख ३९ हजार ९४८ संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *