पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

काठमाडौं । पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक युवकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । गोरखाको भीमसेनथापा गाउँपालिका–२ तान्द्राङका २६ वर्षीय युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

ती युवकले असार २० गते झुन्डिएर आत्महत्या प्रयास गरेका बेलामा परिवारले लगतैै डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पुर्‍याएका थिए । अवस्था गम्भीर रहेको भन्दै त्यहाँको अस्पतालले पाटन अस्पताल ‘रिफर’ गरेको थियो ।

उनको हिजो मृत्यु भएको हो । कोरोना परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । अहिले युवकको शव व्यवस्थापन गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *