‘प्रधानमन्त्रीलाई जनताको होइन कुर्सीको चिन्ता छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि जनता समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीलाई जनताको भन्दा कुर्सीको बढी चिन्ता लागेको बताएका छन् ।

सभापति देउवासँगको छलफलमा दुवै पार्टीका नेताहरुले यस्तो बताएका हुन् । सरकारले संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओली कुर्सी बचाउने खेलमा लागेकोबारे छलफल भएको वार्तामा सहभागी एक नेताले बताए ।

कोरोना, सलह र बाढी पहिरोको महामारीका बेला जनताको चिन्ता हुनुपर्ने ठाउँमा कुर्सी जोगाउनतिर ध्यान लगाउनु उचित नभएको उनको भनाइ छ । जनताका कुरा राख्ने प्लेटफर्म संसद पनि हठात् अन्त्य गरिदिएकोबारे पनि असन्तुष्टि रहेको र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि समीक्षा गरिएको ती नेताले बताए ।

सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिएका बेला मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतले बुढानिलकण्ठ पुगेर सभापति देउवासँग भेटघाट गरी करिब १ घण्टा छलफल गरेका थिए । छलफलमा दुवै दलका नेताहरुरुले सरकारले कूटनीतिक सम्बन्ध बिगारेको निष्कर्ष निकालेका छन् । नेकपाभित्रको आन्तरिक विवादमा नफस्ने कुरामा उनीहरु एकजुट भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *