ओली–प्रचण्ड वार्ता सकियो: छलफल सकारात्मक, छेउ लागेन विवाद !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई अध्यक्षको छलफल सकिएको हो ।

करिब पौने तीन घण्टा लामो छलफलमा पार्टीभित्रको विवाद नसुल्झिएपनि छलफल सकारात्मक भएकाे बताइएकाे छ । कुनै  निष्कर्ष ननिस्किएका कारण बुधबार पनि छलफल हुनेछ । छलफलपछि भाेलि नै स्थायी समितिकाे बैठक पनि बस्दैछ ।

हिजो (सोमबार) पनि दुवै अध्यक्षबीच छलफल भएको थियो । बैठकमा सकारात्मक छलफल र गम्भीर ढंगले छलफल गरी अघि बढ्ने सहमति भएको स्रोतको भनाइ थियाे । भेटमा नेकपा अध्यक्ष प्रचण्डले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेको समेत बताएका थिए ।

पार्टीका नेता/कार्यकर्ताहरूले पनि अध्यक्षलाई मिल्न दबाब दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *