सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गरी कारवाही गर्न कार्यदलकाे सिफारिस

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारवाही गर्न सिफारिस गरिएको छ । पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा सांसद गिरीलाई पार्टी कार्यदलले कारवाहीका लागि सिफारिस गरेको हो ।

सांसद गिरीले जेठ २७ गते लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधन मतदानमा पार्टीले जारी गरेको ह्वीप उल्लंघन गरेकी थिइन् ।

नेपालले दाबी गरेकाे तीन भू-भाग भारतकै भएकाे उनले दाबी गर्दै आएकी थिइन् । नेपालले नक्सा जारी गर्ने बेलामा पनि उनले नक्सा जारी गर्नुअघि भारतसँग छलफल गर्नुपर्ने धारणा राखेकी थिइन् । उनकाे भनाइकाे जनस्तरबाट विराेध भएकाे थियाे । उनकाे अभिव्यक्ति विवादित भएसँगै उनीमाथि कारवाही गर्नुपर्ने पार्टीमाथि दबाब उठेकाे थियाे ।

पार्टीकाे ह्विप समेत उल्लंघन गरेपछि भने सो विषयमा छानबिन गर्न समाजवादीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा २ सदस्य सहितकाे कार्यदल बनाएको थियो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए । यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *