दुर्गेश थापाकाे ‘बीच्चबीच्चमा २’ विवादमा, शब्द चोरेको आरोप

काठमाडाैं । हरितालिका तीजलाई लक्षित गर्दै  गायक दुर्गेश थापाले बजारमा ल्याएकाे गीत  ‘बीच्चबीच्चमा २’ विवादमा तानिएकाे छ । एक वर्षअघि सार्वजनिक भएकाे ‘बीच्चबीच्चमा’ काे सिक्वेल गीत ‘बीच्चबीच्चमा २’ काे शब्द र संगीत विवादमा तानिएकाे हाे ।

‘बीच्चबीच्चमा २’  माथि शब्द र संगीत चाेरेकाे आरोप लागेको छ । लोककवि अली मियाँको गीत ‘आकाशमै बादलु डम्मै छ’ को अन्तरा हुबहु चोरेकाे उनीमाथि आरोप छ । मियाँको उक्त गीतमा गायिका हरिदेवी कोइराला र प्रेमराजा महतले स्वर दिएका छन् ।

गायक थापाले आफूले सानोमा गाउँघरमा हुदाँ उक्त गीत सुनेकाले आफूले पनि प्रयोग गरेको तर जानेर नै प्रयोग नगरेको स्वीकार गरेका छन् । आफुले धेरै गीतहरु सिर्जना गरीसकेको र त्यतिका लागि चोर्नुपर्ने आवश्यक नभएको उनकाे स्पष्टिकरण छ । त्यस्तै गायक पशुपती शर्माको ‘कुरो आफैं बुझ मायाले’ गीतकाे संगीत गायक थापाको सो गीतको संगीतसँग मेल खान्छ ।

विवादकैबीच अहिले गायक थापा ‘बीच्चबीच्चमा ३’ को तयारीमा लागेका छन् । बेसारे नामक सो गीत छिटै बजारमा आउने उनले जानकारी दिए । गायक थापाकाे तिहार गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत पनि विवादमा तानिएकाे थियाे । सो गीतमा प्रयोग भएका केही शब्दमा आपत्ती जनाउँदै उनीमाथि उजुरी नै परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *