एकैदिन थपिए २०४ जना संक्रमित, उपत्यकाका २८ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।

आज थपिएका संक्रमितमध्ये उपत्यकाका मात्रै २८ जना रहेका छन् । कामाडौंमा १४, ललितपुरका १० र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकी संक्रमित अन्य जिल्लाका रहेका छन् ।

प्रवक्ता डा। गौतमका अनुसार आज थप २०४ जनामा कोरोना पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । संक्रमितमध्ये ७ हजार ४९९ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६८८ जना डिस्चार्ज भएका छन् ।

८ हजार ६४ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टाइनमा २५ हजार ७२७ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *