नेपालका ४ जिल्ला ‘कोरोना फ्री’ !

काठमाडौं । ७७ वटै जिल्लामा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएकोमा ४ जिल्ला ‘कोरोना फ्रि’ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (मंगलबार) को प्रेस ब्रिफिङका क्रममा यसबारे जानकारी दिएका हुन् । उनका अनुसार प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा संक्रमण देखिएको छैन । त्यस्तै कर्णाली प्रदेशको हुम्ला जिल्लामा पनि संक्रमित देखिएका छैनन् । नयाँ पनि पुष्टि भएको छैन ।

कर्णाली प्रदेशमा कोरोना जितेर फर्किनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । आइसोलेसन केन्द्रहरु पनि रित्तिँदै गएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *