क्रिएशन र कोका—कोलाद्वारा चितवनमा ६४० सफाईकर्मीलाई राहत वितरण

काठमाडौं । क्रिएशन र कोकोकोलाले चितवनका ६ सय ४० जनालाई दोस्रो चरणको राहत वितरण गरेको छ । क्रिएशनले कोका—कोला नेपालको साथमा सफाईकर्मीहरु र उनीहरुको परिवारलाई कोभिड—१९ को नकारात्मक प्रभावबाट सुरक्षित राख्न राहत तथा सुरक्षा सामग्री प्रदान गर्दै चितवनमा दोस्रो चरणको राहत वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

दोस्रो चरणको राहतमा ६ सय ४० जनालाई गुणस्तरीय राशनको ५ सय २७ प्याकेज, औषधी, जागरुकता सामग्रीहरु र ग्लब्स, बुट र पीपीई लगायत १ सय १७ सुरक्षा सामग्रीहरु वितरण गरिएको थियो । यसका साथै चिकित्स परामर्श र सामान्य स्वच्छता तथा जागरुकता पनि प्रदान गरिएको थियो ।

क्रिएशन र कोका—कोलाले नेपालभरका ३२०० सफाईकर्मीलाई सहयोग गर्ने र जीविकोपार्जनको रक्षा गर्ने गरी राहत वितरणको लक्ष रहेको बताएको छ । अहिले अन्तिम चरणको राहत वितरण कार्यक्रमको तयारी छ । अन्तिम चरण आगामी साता सप्तरी, सिराहा र पर्सा जिल्लामा आयोजना गरिनेछ ।

उक्त राहत वितरण कार्यक्रमहरु रत्ननगर र भरतपुरको १५ वटा विभिन्न स्थानहरुमा आयोजना गरिएको थियो । जुन रिसाइक्लर साथी, कवाड व्यवसायी संघ र ग्रीन सिटी वेस्ट म्यानेजमेन्टको सहयोगमा सम्पन्न भएको थियो । भरतपुर नगरपालीकाकी सहायक मेयर पार्वती शाह ठकुरी र रत्ननगर नगरपालीकाका मेयर नारायण वनको उपस्थीति रहेको थियो ।

क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने, “कोभिड—१९ को बढ्दो जोखिमसंगै यो नागरिक समाज संगठन, व्यक्तिहरु, फोहोर संकलन कम्पनीहरु, विकास एजेन्सीहरु र सरकारको संयुक्त प्रयास हो जुन फोहोर व्यवस्थापन क्षेत्रका लागि पहिला भन्दा अझ बढि आवश्यक छ । क्रिएशन सफाईकर्मीहरुका लागि पूर्ण सहयोग र सहायता प्रदान गर्न अझ बढि प्रतिबद्ध छ । उनीहरुको हित हाम्रो र समाजको हितसंग जोडिएको छ त्यसैले हामीले उनीहरुलाई महामारीको डरबाट मुक्त भएर सुरक्षित जीवन बिताउन सहयोग गर्ने आशा राखेका छौं ।”

कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “सफाईकर्मी समुदायले यस कठिन समयमा हामीलाई सेवा पु¥याउन निकै प्रशंसनीय काम गरिरहेका छन् । हामी उनीहरुको सुरक्षाका लागि रक्षात्मक सामग्री र परिवारका लागि खाद्यान्न उपलब्ध भएको सुनिश्चित गर्न चाहन्छौं । हामी विश्वस गछौं यस्ता प्रकारका स—साना सहयोगहरु पनि उपयोगी हुन्छन र हामी उनीहरुको जीवनमा केही परिवर्तन गर्ने आशा राख्दछौं ।”

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट जेठ २ गतेबाट शुरु भएको हो र हालसम्म ४५ वटा राहत कार्यक्रम सम्पन्न गरी २३ सय भन्दा बढि सफाईकर्मीहरु प्रत्यक्ष लाभान्वित भइसकेका छन् ।

यस अवधिमा एक परिवारका ५ सदस्यलाई एक महिनासम्म पुग्ने राशन प्याकेजहरु वितरण गरिएको थियो जहाँ ११ हजार ५ सय भन्दा बढि लाभान्वित भइसकेका छन् ।

यसका साथै ६ सय भन्दा बढि रक्षात्मक सामग्री वितरण गर्नुका साथैं जागरुकता कार्यक्रम र चिकित्सा परामर्श पनि प्रदान गरिएको थियो । यो परियोजना नेपाल भरका ३२ सय सफाईकर्मीहरुलाई सकारात्मक लाभ पु¥याउने लक्ष्यका साथ चालू कोभिड—१९ महामारीको सामना गर्नका लागि प्रतिक्रियाको रुपमा शुरु गरिएको थियो ।

यस परियोजनाले काठमाडौं र चितवनमा वितरण कार्यक्रम सम्पन्न गरिसकेको छ र अब सफाईकर्मीहरुको उथानका लागि आगामी सातामा सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा राहत कार्यक्रम संचालन गर्ने लक्ष्य राखेको छ ।

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट वुमन फर ह्युमन राइट, डोको रिसाईकलर्स, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसियटिभसँगको संयुक्त साझेदारी हो जसले आ—आफ्नो सन्जालमा रहेका सफाइकर्मीहरुको विवरण प्रदान गरेर यस परियोजनाको पहुँचलाई व्यापक बनाउन मदत गरेका छन् ।

यस परियोजनाले काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, र चितवनमा वितरण कार्यक्रम सम्पन्न गरिसकेको छ । अब सप्तरी, सिराहा र पर्सा जिल्लाका विभिन्न नगरपालिकाहरूमा पनि वितरण कार्यक्रम आयोजना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *