रत्ननगरकी कोरोना संक्रमित महिला डिस्चार्ज

चितवन । चितवन रत्ननगरकी कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन् । रत्ननगर ४ की २७ बर्षीय महिला १२ दिनको उपचा पछि कोरोना मुक्त भएर डिस्चार्ज भएकी हुन् ।

असार ११ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला असार १२ गते गुन्जमान सिंह अस्पतालमा भर्ना भएकी थिइन् । पहिलो रिपार्ट पोजेटिभ आएको १२ औं दिनमा गरिएको दोश्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको अस्पतालका डा. अंकित श्रीबास्तबले बताए । अस्पताल भर्ना हुँदा घाँटीमा सामान्य समास्या रहेकी उनलाई सिटामोल र सामान्य एन्टिबोयोटिकले निको भएको उनले जानकारी दिए ।

अस्पतालमा आयोजित एक कार्यक्रमका बीच रत्ननगरका मेयर नारायण वनले कोरोना परीक्षणको रिपार्ट र अस्पतालको डिस्चार्ज पेपर दिएर उनलाई अस्पतालबाट बिदाई गरेका थिए । सो अवसरमा मेयर वनले कोरोना संक्रमितको उपचारमा सफल भएको भन्दै गुज्नमान सिंह अस्पताललाई धन्यावाद दिए । उनले भरतपुर अस्पतालमा हुन सक्ने विरामीको चाँपलाई मध्यनजर गरी गुन्जमानसिंह अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु गरेको बताए ।

बिदाई कार्यक्रममा अस्पतालका प्रशासक मोहन खड्का, रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधब प्रसाद पौडेल,स्वास्थ्य शाखाका उपप्रमुख नरहरि श्याम शर्मा, नगर प्रवक्ता राजेन्द्र हमाल,वडा नं ४ का वडाध्यक्ष रविन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।

ती महिला निको भएसँगै रत्ननगर नगरपालिका कोरोना संक्रमण मुक्त नगरपालिका भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *