रणवीरको जन्मदिनमा दीपिकाले गरिन् यस्तो कामना

काठमाडौं । दीपिका पादुकोण र रणवीर सिंहको अफेयर निकै चर्चामा थियो । लामो समयको प्रेम सम्बन्ध पश्चात् अक्टोबर २०१८ मा उनीहरु बैवाहिक बन्धनमा बाँधिएका थिए ।

विवाह पश्चात् उनीहरु निकै खुशी देखिन्छन् । उनीहरुबीच विवाद भएको छैन । आज रणवीर सिंहको जन्मदिनमा दीपिकाले विशेष शुभकामना दिएकी छिन् ।

उनले आफ्नो इन्स्टाग्राममा ब्लाक एण्ड ह्वाइट तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्– ‘मेरो जीवनको प्रकाश । मेरो संसारको केन्द्र । म तिम्रो स्वस्थ जीवन र शान्तिको कामना गर्छु । बाँकी म तिमीलाई एकान्तमा बताउनेछु ! आइ लभ यू । ह्याप्पी बर्थ डे।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *