चितवनमा थपिए ५ जना कोरोना संक्रमित
मकालु खबर
२०७७ असार २३ गते
चितवन । चितवनका थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा चार जना माडीका र एक जना रत्ननगरका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाले साँझ दिएको जानकारी अनुसार ती सबै क्वारेन्टिनमा बसिरहेका व्यक्ति हुन् ।
माडी–२ का ४४ वर्षीय पुरुष, माडी–३ का ४५, २४ र २६ वर्षीय पुरुष तथा रत्ननगर–७ की २५ वर्षीया महिलामा संक्रमण फेला परेको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।
प्रयोगशालामा मंगलबार २२३ जनाको नमूना परीक्षण गरिएको थियो ।
मकालु खबर
२०७७ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित