नेकपा स्थायी कमिटि बैठकले निरन्तरता पाउने सम्भावना कति ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको छ ।

गत शनिबारको बैठकपछि दुई पटक स्थगित भएर आज बस्न लागेको बैठक बारे कौतुहलता बढेको छ । यस बीचमा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार, सोमबार र मंगलबार लगातार छलफल भएपनि ठोस निर्णयमा भने पुग्न सकेका छैनन । असहमतिकाबीच दुवै अध्यक्ष स्थायी कमिटी बैठक संचालन गर्न सहमत भएकाले आजको बैठक बस्ने भएको हो ।

प्रचण्डले पार्टी कमिटीमै छलफल गरेर निष्कर्ष निकाल्नु पर्ने अडान राख्दै आएका छन् भने ओलीले एजेन्डाभन्दा बाहिर गएर एकोहोरोरुपमा घेराबन्दी गरेर राजीनामा मागिएकोमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । आज ११ बजे हुने भनिएको स्थायी कमिटी बैठक अगाडी दुवै अध्यक्षले फेरी छलफल गर्ने बताइएको छ ।

मंगलबारको छलफलबाट स्थायी कमिटी बैठक जारी राख्नेमा सहमत भएपनि दुवै अध्यक्षबीच आज छलफल भएमा सो अनुसार नै स्थायी कमिटी बैठक बस्ने, नबस्ने बारे भन्न सकिने नेकपा नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *