माइतीघर मण्डलामा प्रदर्शनः ‘कि रोजगारी दे, कि कोरिया जान दे’

काठमाडौं । दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आज (बुधबार) राजधानीमा प्रदर्शन गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को जोखिम न्युनिकरणका लागि सरकारले लकडाउन जारी राखेका बेला ईपीएस रोजगार प्रक्तिया पुरा गरेर अन्तिम उडानको पर्खाइमा रहेकाहरुले प्रदर्शन गरेका हुन् ।

रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण सृजना गर्नुपर्ने माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएकाहरुको माग छ । प्रदर्शनमा सहभागीहरुले ‘मेरो सपना कसरी पुरा गरुँ, बाटो देखाइदिनु’, ‘तिमीले त कुर्सी बचाउनला, हामीले जागिर कसरी बचाउने ?’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ लगायतका प्लेकार्ड बोकी नाराबाजी गरेका थिए ।

काेराेना संक्रमण फैलने डरले सरकारले ४ महिनादेखि हवाइ उडान बन्द राखेकाे छ । अलपत्र परेकाहरुको उद्धार गरिएपनि वैदेशिक राेजगारीमा जाने अवस्था भने सिर्जना हुन सकेकाे छैन । केही दिनअघि पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई उडान तत्काल खोल्ने/नखोल्नेबारे छलफल भइरहेको बताएका थिए ।

कोरोना संक्रमण दर घटेको अवस्थामा हवाई उडान सुचारु गरेका मुलुकहरुले पनि पछि बन्द गरेको अवस्थाबारे स्पष्ट पार्दै उनले थप अध्ययन र छलफल गरेर यसबारे निर्णय गर्ने बताए । पर्यटन क्षेत्र यस कोरोना महामारीबाट गम्भीर रूपले प्रभावित भएको उनकाे भनाइ थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *