गण्डकीमा थपिए १३ कोरोना संक्रमित
मकालु खबर
२०७७ असार २४ गते
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १ हजार १२९ पुगेको छ । आज (बुधबार) थप १३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १ हजार १२९ पुगेको हो ।
आज थपिएका संक्रमित पोखरा महानगरका १० र कास्कीका ३ जना रहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले हिजोसम्म पुष्टि गरेको विवरण अनुसार देशभर १६ हजार १६८ रहेको छ भने ३५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७ हजार ४९९ जना निको भइसकेका छन् ।
मकालु खबर
२०७७ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित