अब स्वस्तिमा र युवराज लामाको ‘जुहारी’

काठमाडौं । लकडाउनले फुर्सदमा बसेका कलाकारहरु अहिले विभिन्न फण्डा र गसिपमा अल्झिएका छन् । नायिका पुजा शर्मा मुलुकको भौगोलिक जानकारी नराखेर विवादमा आइन् । ड्रिम्स गर्ल साम्राज्ञी राज्यलक्ष्मी नायक भुवन केसीको दुब्र्यहारमा परेको भनेर चर्चामा छिन् ।

निर्देशक दीपाश्री निरौला राजेश हमालका विषयमा आलोचित भइरहेकी छिन् । हास्य कलाकार दीपकराज गिरीपनि दीपाश्रीलाई बचाउँला ट्रोल भइरहेकोमा अब नायिका स्वस्तिमा खड्का र निर्माता निर्देशक युवराज लामा पनि जोडिएका छन् ।

निर्माता भुवन केसी र साम्राज्ञीका सन्दर्भमा युवराज लामाले दिएको अभिब्यक्ति प्रति स्वस्तिमाले प्रतिकृया जनाएकी छिन् । होटल व्यवसायमा सक्रिय रहेका पूर्वफिल्मकर्मी लामाले भुवन केसी र साम्राज्ञीसँगको विवादमा राखेको भनाई प्रति असहमति जनाउँदै ‘बुलबुल गर्ल’ स्वस्तिमाले असहमति जनाएकी हुन् ।

युवराज लामाले एउटा अन्तरवार्तामा बोलेका थिए–‘यदि शोषण भएको हो भने आवाज उठाउनु पर्दछ । तर, कसैले मेरो बाबु भन्दै अंकमाल गर्यो, गाला छोयो भनेर रुनुको अर्थ छैन । यो चलचित्र क्षेत्र हो ।’ लामाले एउटा विन्दुमा आएर विगतमा भएको कुरा खोतलेर फाइदा नभएको बताएका थिए । उनले चलचित्र क्षेत्रमा रोमान्स र कन्ट्रोभर्सी भइरहने कुरा भएको बताएका छन् ।
यही भनाईलाई आपत्ति जनाउँदै स्वस्तिमाले लेखिन्–‘चलचित्र क्षेत्रको एक जिम्मेवार र वरिष्ठ व्यक्तिबाट यस्तो खालको बयान आउनु दुःखलाग्दो कुरा हो । जर्बजस्ती छुने, चुम्बन गर्ने, कसैको सहमती विना जबरजस्ती तान्नु आफैमा शारीरिक उत्पीडन हो ।’ स्वस्तिमाले अगाडी भनेकी छन्–‘मेरो पेशामा कुनै पनि प्रकारको उत्पीडनका लागि कुनै पनि बहाना सह्य छैन । म फेरि पनि दोहोर्याउँछु, कुनै प्रकारको उत्पीडन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *