ओपोद्वारा यूकेमा पहिलो फाइभजी एसए नेटवर्क स्लाइस सेवाको घोषणा

शन्चन, चीन । आपोले युकेमा पहिलो फाइभजी स्ट्याड एलोन(एसए) नेटवर्क स्लाइस सेवाको घोषणा गरेको छ ।

ओपोले आज पहिलो फाइभजी स्ट्यान्ड अलोन (एसए) नेटवकर््सको सफल परीक्षणमा आफ्नो योगदान तथा, भोडाफोन र एरिक्सनसँग सहकार्य गर्दै यूरोपको फाइभजी एसए नेटवर्क निर्माणमा एक महत्वपूर्ण कोशेढुङका रुपमा पहिलो फाइभजी एसए नेटवर्क स्लाइस सेवाको घोषणा गरेको हो ।

ओपोको ल्याबमा ओपो फाइन्ड एक्सटू प्रो र रेनोथ्री फाइभजी स्मार्टफोन्सद्वारा फाइभजी एसएको कार्य परीक्षण
यूकेको कोभेन्ट्रि यूनिभर्सिटीमा परीक्षण गरिएको हो । यो नयाँ सञ्जालको प्रमाणीकरण क्वालकम टेक्नोलोजिज् र मिडियाटेकको फाइभजी मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित आपोका फाइभजी स्मार्टफोन्स मार्फत गरिएको हो ।

ओपो प्रयोगकर्ताले आवश्यकता अनुसार उत्कृष्ट अनुभव लिन सकुन् भन्ने उदेश्यले ओपो र एरिक्सनले छुट्टा छुट्टैरुपमा क्वालकम टेक्नोलोजिज् र मिडिया टेकसँग ओपोको फाइन्ड एक्सटू प्रो र रेनोथ्री स्मार्टफोनमा आधारित नेटवर्क स्लाइस स्विट्चिङ सफ्टवेयरको विकासका लागि बनाइएको थियो ।

एउटा स्लाइसको प्रयोग ईन्टरनेटमा तिब्र गतिको पहुँचका लागि गरिएको थियो । अर्कोले संकायका सदस्यहरु तथा विद्यार्थीहरुका लागि विद्यालयका श्रोत माथि सहज पहुँच, न्यून बिलम्बता, हाई डेफिनेसन लंग डिस्ट्यान्स टिचिङ तथा लर्निङका लागि डेडिकेटेड कनेक्सन उपलब्ध गराएको थियो ।

मोबाइल टेलिकम्यूनिकेसन्सका लागि प्राटोकोलको विकास गर्ने स्ट्यान्डर्ड्स अर्गनाइजेसन्स थ्रीजीपीपीको ब्याख्या अनुसार फाइनजीलाई दूई मोड्समा विभाजन गर्न सकिने बताइएको छ । एनएसए (नन्(स्ट्यान्डअलोन) र एसए (स्ट्यान्डअलोन), जहाँ एसएले फाइभजी बेस स्टेसन्स र फाइभजी कोर नेटवर्कको प्रयोग गर्ने ईन्डिपेन्डेन्ट नेटवर्क आर्किटेक्चरको प्रतिनीधित्व गर्छ ।

फाइभजी एसए नेटवर्क पूर्णतया नेक्स्ट जेनरेसन फाइभजी पूर्वाधारमा आधारित हुन्छ, एनएसएका तुलनमामा अझ सुदृढ अनुभव प्रदान गर्दै भविस्यमा मेनस्ट्रिम फाइभजी स्ट्रक्चर हुने निश्चित छ ।

विश्वभरका प्रमुख दुरसञ्चार सञ्चालकहरु भविष्यका लागि गो–टू नेटवर्क आर्किटेक्चरका रुपमा सक्रियताका साथ फाइभजी एसएको तैनाथीका लागि लागिपरेका छन् ।

त्यसैगरी, फाइभजी कोर नेटवर्क आर्किटेक्चरमा प्रयोग गर्न सकिने फाइभजी नेटवर्क स्लाइसिङले फिजिकल नेटवर्कलाई मल्टिपल भर्चुअलाइज्ड इन्ड टू इन्ड नेटवर्कहरुमा विभाजन गर्ने प्रविधिका रुपमा काम गर्छ । यसरी काटिएका नेटवर्कले आफूलाई स्वतन्त्र रुपमा स्थापित गर्नुका साथै, आफ्नै श्रोतको विकास गरी विभिन्न एप्लिकेसन्सको आवश्यकता अनुसार आफूलाई बिनियोजन गरी लचकताका साथ पृथक प्रयोग सिनारियो अनुसार आफूलाई ढाल्ने क्षमता राख्छन् ।

फाइभजी एसए र नेटवर्क स्लाइसिङ प्रविधि ओपोको फाइजी लक्षित अग्रगामी अनुसन्धान अन्तर्गतको सफलता हो । आरएण्डडी लगानीलाई निरन्तरता दिँदै ओपोले फाइभजी क्षेत्रमा आफ्नो अग्रता कायम राख्ने योजना बनाएको छ । ईन्टेलिजेन्ट कनेक्टिभिटीको भविस्यप्रति ओपो विश्वस्त छ र यस अवधारणाको मेरुदण्ड भनेको फाइभजी हो ।

ओपो आफ्ना सप्लाइ चेन पार्टनर्ससँग फाइभजी प्रविधिको थप विकास र प्रयोगकर्ता अनुभवलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ नजिक रहेर काम गरिरहेको छ ।

साथै, अझ बढी मानिससम्म पुग्ने सोचका साथ रिटेलर्सहरुसँग पनि आफ्नो सम्बन्ध विस्तार गरिरहेको छ । ओपोले अहिले नै यूरोपमा ४० प्रमुख क्यारियर्ससँग पार्टनरशिप गरिससेको छ र स्टेट अफ आर्ट उत्पादनहरु तथा आफ्ना पार्टनर्सहरुका साथमा निरन्तर अन्तरक्रियाका माध्यमबाट आफ्नो सफलतालाई निरन्तरता दिँदै जाने विश्वास कम्पनीको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *