एलिना, समीक्षा र रचनाको तिज गीत ‘आयौं चेली’ बजारमा (भिडियोसहित)

काठमाडौं । महिलाहरूकाे पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘आयौँ चेली’ सार्वजनिक गरिएकाे छ ।गायिका एलिना चौहान, समीक्षा अधिकारी र रचना रिमालको स्वरमा रहेकाे उक्त गीत गज्जब टिभी नामक युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गरिएकाे हाे ।

घनश्याम ओलीको शब्द रहेको सो गीतमा संगीतकार दिपक शर्माले संगीत भरेका छन् । भिडियाेमा अल्का सुवेदी, सुकृति उप्रेती, उत्साह घिमिरेसँगै तीनै जना गायिकाकाे नृत्य देख्न सकिन्छ । सरोज ओलीको निर्देशनमा बनेको सो भिडियोमा नवराज उप्रेतीको छायांकन र अमन मानन्धरको सम्पादन रहेको छ ।

गायिका एलिना चौहान गायक, संगीतकार तथा सर्जक काली प्रसाद बासकोटोको गीत ‘इन्स्टाको फोटो’ रिप्लाईबाट चर्चामा आएकी थिइन् । त्यसपश्चात् गीत/संगीत बजारमा उनको माग ह्वात्तै बढेको छ । एक दर्जन बढी गीतहरुमा उनले स्वर दिइसकेकी छिन् भने उनले गरेका कभर गीतहरू पनि निकै रूचाइएकाे छ ।

अर्की नव गायिका रचना रिमाल फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन ३ को उत्कृष्ट ८ सम्म पुगेकी थिइन् । शिशिर भण्डारीको गीत ‘फोटो फिरिममा’ बाट उनको चर्चा थप चुलिएको छ । अहिले उनकाे पनि बजारमा माग बढेकाे छ ।

गायिका समिक्षा अधिकारी पछिल्लाे समय निकै रूचाइएकी बाल गायिका हुन् । उनले गाएका प्राय सबै गीतले राम्राे प्रतिक्रिया पाइरहेका छन् । उनले गाएकाे पहिलाे गीत चलचित्र नाइँ नभन्नु ल ५ काे ‘बालापनकाे उमेर’ हाे । याे गीतबाट उनी श्राेतामाझ खासै परिचित हुन सकेकी थिइनन् । एक युट्युब च्यानलमार्फत् अन्तर्वार्ता सार्वजनिक भएपछि उनी चर्चामा आएकी हुन् ।

भिडियो सहित:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *