सिद्धार्थ बैंक र आइएमएस सफ्टवेयरबीच बिलिङ तथा भुक्तानी सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र आएमएस फ्ट्वेयरबीच बिलिङ तथा भुक्तानी सम्झौता भएको छ । बैंङ्किङ सेवाहरु विशेष छुटमा उपलब्ध गराउन सिद्धार्थ बैंकले आइएमएस सफ्टवेयरसँग सम्झौता गरेको हो ।

सम्झौता पत्रमा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आइएमएस फ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बैंक र आइएमएस सफ्टवेयर विशेष साझेदारीमा प्रवेश गरेका छन् ।

सम्झौताको मुख्य उद्देश्य आइएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ्ग सेवाहरु विशेष छुटमा उपलब्ध गराउनु रहेको बैंकले जनाएको छ ।

डिजिटल प्रणालीलाई थप प्राथमिकता दिँदै बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल र क्यूआर कोडको सुविधाको देशभर नै विस्तार गरिरहेको छ ।

यसै गरी, आइएमएसले विभिन्न उत्पादन र सेवाहरू मार्फत आफ्ना ग्राहकलाई उपयुक्त सफ्टवेयर प्रदान गरिरहेको छ ।

सम्झौताले बिलिङ तथा भुक्तानी प्रणाली सरल हुने हुँदा ग्राहकलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *