नयाँ रोजगारी, ब्यबसायमा लोन र भारि कर छुटको घोषणा

एजेन्सी । बेलायत सरकारले कोरोना भाइरस (कोभिड १९) महामारीबीच देशको अर्थतन्त्रलाई माथि उठाउने प्रयासमा विभिन्न राहत योजनाहरुको घोषणा गरेको छ । सो को लागि बेलायतका चान्सलर (अर्थमन्त्री) ऋषि सुनाकले बुधबार बेलायतकाे स‌ंसदमा २ बिलियन पाउण्डको संकटकालिन आर्थिक योजना प्रस्तुत गरेका हुन् ।

बेलायती सरकारले रोजगारीका हिसाबले सबैभन्दा बढी प्रभावित युवाहरुलाई रोजगार बनाउन एक विशेष राहत प्याकेज घोषणा गरेका छन्। जस अन्तर्गत नयाँ ‘एप्रेन्टिसीप’ दिने कम्पनीहरुले प्रतिव्यक्ति २ हजार पाउण्ड ‘बोनस’ दिने बताएका छन् ।

प्रशिक्षार्थी कामदार राख्ने प्रतिष्ठानलाई जनही १ हजार पाउण्ड दिने बताइएको छ । साथै बेरोजगार १६ देखि २४ वर्ष उमेरभित्रका युवाहरुलाई काममा फर्काउन सरकारबाट बेरोजगारी भत्ता लिइरहेका युवाहरुको लागि सरकारले नै तलब व्यहोर्ने गरी ६ महिनाको ‘वर्क प्लेसमेन्ट’ रोजगारीहरु सिर्जना गर्ने समेत उनले उल्लेख गरेका छन्।

त्यसैगरी हाल ‘फर्लो’ योजनामा रहेका कामदारलाई काममा फर्काएमा त्यस्ता कम्पनीहरुलाई प्रति कामदार १ हजार पाउण्ड ‘बोनस’ दिने बताएका छन् । त्यस्ता कामदारलाई कम्पनीले आगामी जनवरीसम्म काम दिनुपर्ने र कम्तीमा ५२० पाउण्ड मासिक तलव हुनु पर्नेछ । फर्लो योजना अक्टोबरदेखि उता नलम्बिने पनि उनले बताएका छन्।

‘हस्पिटालिटी’ र पर्यटन क्षेत्रमा जुलाईदेखि जनवरीसम्मका लागि २० बाट १५ प्रतिशत मूल्यअभिवृद्धि कर कटौती गरी ५ प्रतिशतमा झारिएको छ। रेष्टुरेन्टमा अगष्ट महिनामा सोमबारदेखि बुधबारसम्म खान जानका लागि सरकारले ५० प्रतिशत र त्यसमा प्रतिव्यक्ति १० पाउण्ड छुट दिने योजना बनाएको छ ।

त्यसैगरी घरमा इन्धन वचत गर्नका लागि इन्सुलेसन गर्न सरकारले दुईतिहाई खर्च ब्यहोरिदिने उनले बताए। साथै यस्तो खर्च बढीमा ५ हजार पाउण्डसम्म हुने र न्यून आय भएकाहरुको हकमा १० हजारसम्म गर्न सकिने पनि प्रस्ट पारे। घर जग्गा (मोर्गेज) किन्नेहरुलाई ५ लाख पाउण्डसम्मको कर (स्टाम्प ड्युटी) नलाग्ने घोषणा गरिएको छ । यो योजना आगामी बर्षको मार्च ३१ सम्म रहने पनि उल्लेख गरेका छन्।

हालसम्म १ लाख २५ हजार पाउण्डसम्मको मोर्गेजमा ‘स्टाम्प ड्युटी’ लाग्दैनथ्यो भने पहिलोपटक घर किन्नेहरुलाई ३ लाख पाउण्डसम्मको घर खरिदमा त्यस्तो कर लाग्दैनथ्यो। अब दोस्रो घर किन्नेहरुलाई समेत सजिलो हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *