कांग्रेसको कोरोना परिस्थिति अनुगमन समितिले बैंकर्सहरुसँग गर्यो छलफल

काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थिति अनुगमन समितिले आज काठमाडौंमा बैंकर्स एशाेसिएसनसँग कोराना भाइरसले पारेकाे प्रभावको बारेमा छलफल गरेको छ।

उक्त छलफलमा सरकारले कस्तो सहुलियत ल्याउँदा बैंकर्सहरुलाई राहत हुन्छ र बैंकिङ क्षेत्रमा कस्ता समस्या छन् भनेर छलफल गरिएको थियो । उक्त छलफलमा बैंकर्सहरुले ब्याज मिनाहा गर्ने कि नगर्ने भन्ने बैंकर्स र ग्राहक बिचको सहमतिबाट टुंगो लाग्ने कुरो भएको भन्दै त्यसमा सरकारलाई दबाब नदिन सुझाव दिन समितिसँग आग्रह गरेका थिए ।

साथै उनीहरुले अहिले भन्दा पनि कोभिडको असर अबको ६/७ महिनापछि झन् डरलाग्दो तरिकाले देखिने भन्दै त्यो अवस्थामा बैकिङ क्षेत्रलाई कसरी सेभ गर्ने भनेर सरकारलाई कार्यनीति बनाउन पनि सुझाव दिन कांग्रेसको कोभिड समितिसँग बैंकर्सहरुले आग्रह छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *