निर्वाचन आयोगमा दर्ता भयो जनता समाजवादी पार्टी

काठमाडौं । जनता समाजवादी पार्टी निर्वाचान आयोगमा दर्ता भएको छ ।

गएको वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएको थियो । पार्टी एकतापछि निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा) गठन गर्ने निवेदन दिइएके थियो ।

उक्त निवेदनलाई निर्वाचन आयोगले दर्ता गरेको हो । योसँगै जसपाले आधिकारिकता पाएको छ । आयोगले दुई पार्टीको एकतालाई मान्यता दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *