‘प्रधानमन्त्री ओलीको बारेमा गरिएको अनर्गल प्रचारले सीमा नाघ्यो’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् भारतीय सञ्चार माध्यमले पछिल्लो समय प्रधानमन्त्री ओलीका बारेमा प्रकाशित तथा प्रशारण गरेका अनर्गल प्रचारले सीमा नाघेको उनले बताएका हुन् । उनले हद नाघेको भन्दै बकवास बन्द गर्न पनि भनेका छन्।

‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर ।हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं ।बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’

बुधबार एक भारतीय सञ्चार माध्यमले प्रम ओली र नेपालका लागि चिनियाँ राजदुत हाेउ यान्छीबीच प्रेमसम्बन्ध रहेकाे कुतर्क प्रशारण गरेकाेे थियाे ।  यता कोभिड १९ मा सरकारले गरेको लापरवाहीविरुद्ध नाराबाजी हुँदा उता भारतीय मिडियाले लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटेर बनाएको नयाँ नक्साको विरोधमा ओलीविरुद्ध प्रदर्शन भएको भन्दै भारतवासीलाई भ्रम छरेका थिए । चीनको उक्साहटमा नयाँ नक्सा निकालेर नेपालले भारतसँग विवाद झिकेको समेत आरोप लगाउन भ्याए ।

त्यतिबेलासम्म नेपालका राजनीतिक हस्तीहरूले खासै धारणा राखेका थिएनन् । बुधबारकाे ‘ओली-यान्छी प्रेमसम्बन्ध’ भन्दै समाचार प्रशारण गरेपछि भने प्रवक्ता श्रेष्ठ लगायत केही नेताहरूले भारतीय मिडियाकाे विराेधमा बाेल्न सुरू गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *