नेपालको नयाँ नक्सामा भारतको असहमतिः पठायो कुटनीतिक नोट

काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साको विरोध गर्दै भारतले कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले राष्ट्रिय सभाको संसदीय समितिलाई जानकारी दिएपछि उक्त नोटबारे सार्वजनिक भएको हाे ।

असार १० गते नै भारतले कूटनीतिक नोट पठाएको राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले जानकारी दिए । समितिको बिहीबार बसेको बैठकमा उनले भने, ‘नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते  औपचारिक कूटनीतिक नोट पठाएको रहेछ । जसमा नेपालकाे नयाँ नक्साकाे विरोध जनाइएकाे थियाे ।’

भारतले नेपाली भूमिलाई उसको नक्सामा राखेपछि नेपालको परराष्ट्र मन्त्रालयले भारतसँग वार्ताका लागि तीनपटक चिठी लेखेको पनि उनले जानकारी दिए । यद्यपी भारतले भने त्यतिबेला कुनै पनि प्रतिक्रिया नदिएकाे उनकाे भनाइ छ । नेपालले नक्सा जारी गरेपछि भने भारतले असार १० गते कूटनीतिक नोट लेखेर विरोध गरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *