सांसदबाट निष्कासित भइन् सरिता गिरी, रिक्त भयो पद

काठमाडौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई निष्कासित गरेपछि संघीय संसद सचिवालयले गिरीको सांसद पद रिक्त भएको जनाएको छ । आज (बिहीबार) एक सूचना जारी गर्दै संघीय संसदका महासचिव डा. भरतराज गौतमले यसबारे जानकारी गराएका हुन् ।

संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको हो । सांसद गिरीलाई संविधानको धारा ८९ बमोजिम  सांसदबाट निष्कासित गरिएकाे संसद सचिवालयले जनाएको छ ।

सांसद गिरीले जेठ २७ गते लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधन मतदानमा पार्टीले जारी गरेको ह्वीप उल्लंघन गरेकी थिइन् । पार्टीको ह्विप समेत उल्लंघन गरेपछि भने सो विषयमा छानबिन गर्न समाजवादीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा २ सदस्य सहितको कार्यदल बनाएको थियो ।

कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए । यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेपछि कारवाही भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *