सिन्धुपाल्चोक पुगेर सभामुखले भने– ‘म तपाईंहरुको प्रतिनिधि हुँ, सुख-दुःखमा तपाईंहरूकाे साथमा छु’

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अहिले सिन्धुपाल्चोकको बाढी गएको क्षेत्र बाह्रबिसेको जम्बुमा छन् । बिहीबार दिउँसो १ बजे हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्रमा पुगेका सभामुख सापकोटाले बाढी–पहिरो पीडितको उद्धार गरी तत्काल राहतको व्यवस्था गर्ने बताएका छन् ।

लगातारको वर्षासँगै बुधबार राति भोटेकोसी नदीमा आएको बाढीका कारण बाह्रबिसे नगरपालिकाको जम्बुमा २ जनाको शव फेला परेकाे छ भने २० जना अझै बेपत्ता भएका छन् । घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।बेपत्ताहरुको खोजी कार्य भइरहेको जानकारी दिइएकाे छ ।

त्यहाँकाे अवस्था बुझ्न गएका सभामुख सापकाेटाले बाढी-पहिराे प्रभावित परिवारलाई उद्धार र राहतमा कुनै कमी हुन नदिने बताएका हुन् । उनले भने, ‘उद्धारमा कुनै कमी हुन दिँदैनौं । म तपाईंहरुको प्रतिनिधि हुँ, सुखदुःखमा तपाईंका साथमा छु ।  राहत उद्धारका लागि मेरो तर्फबाट सक्दो सहयोग हुन्छ । तत्काल राहतकाे लागि पहल गर्नेछु ।’

सभामुख सापकाेटाले बुधबार मात्रै मोतियाविन्दुको शल्यक्रिया गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *