‘राजेश हमाल महानायक हो र ?’ भन्ने दीपाश्री माथि खनिइन् पुजना

काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमाललाई ‘राजेश हमाल महानायक हो र ?’ भन्दै विवादास्पद अभिब्यक्ति दिएकी दीपाश्री निरौलामाथि नायिका पुजना प्रधान पनि खनिएकी छन् ।

फेसवुक लाइभमा आएकी नायिका पुजनाले लामो समयदेखि नेपाली फिल्मलाई काँधमा बोकेका राजेश हमाललाई दिइएको टाइटल नेपाली दर्शकले दिएको बताउँदै हमालले प्राप्त गरेको ‘महानायक’ टाइटलमा प्रश्न उठाउन आवश्यक नरहेको समेत बताएकी छिन् ।

पुजनाले दीपाश्रीको कुरा सुनेर आफुलाई आश्चर्य लागेको समेत बताएकी छन् । उनले दीपाश्रीको कुरा सुनेर उनीलाई ‘महानायिका’ र दीपकराज गिरीलाई ‘महानायक’ भनेर संवोधन गर्नुपर्ने बुझिएको जिकिर गरेकी छन् ।

‘सारा नेपालीलाई थाहा हुन्छ, नेपालको एकमात्र महानायक हुनुहुन्छ राजेश हमाल’ पुजनाले तर्क गरेकी छन् । दीपक र दीपाको अभिनय राम्रो रहेको भएपनि उनीहरुको कमेडीका लागि मात्रै हलसम्म गइरहन नपर्ने समेत भनेकी छन् । ‘हास्नकै लागि हलसम्म किन जाने ? अब टेलिभिजन सेटमै कमेडी कार्यक्रम आइरहेको छ, केकी, रिमाहरुले कमेडी च्याम्पियन ल्याइरहेका छन् ।’ उनले राजेश हमाललाई बच्चादेखि बुढासम्म देश देखि विदेशसम्म पहिचान बनाएको कलाकार भएको बताउँदै नेपाली चलचित्र नै भनेर आफ्नो जिवन अर्पण गर्ने राजेश हमालको योगदानको कदर गर्नुपर्ने औल्याएकी छन् ।

पुजनाले नेपाली चलचित्रको लागि नायकको लागि राजेश हमाल आइडल रहेको र नायिकामा करिष्मा मानन्धर आइडल रहेको समेत बताएकी छन् । ‘दीपाजीको कुरा सुनेर त अरु कलाकारको अस्तित्व नै रहेनछ, अरु कलाकार केही होइनन् भन्ने बुझिन्छ ।’ पुजनाको भनाई छ । दीपाश्रीले राजेश हमाल ‘महानायक’ होर ? भनेर प्रश्न गरेर राजेश हमालको अस्तित्व माथि प्रहार गरेको समेत दावि गरेकी छन् ।

राजेश हमालसँगै काम गरेर नेपाली चलचित्रमा आएकाले हमालको कामको कदर गर्नुपर्ने उनको भनाई छ । राजेश हमाल पर्दामा आउने वित्तिकै जुन प्रकारको उत्साह आउँछ त्यो अन्य कलाकार आउँदा नहुने तर्क गर्दै नेपालको हिरो भनेर गर्व गर्ने कलाकार भनेकै राजेश हमाल भएको बताएकी छन् ।

हमाललाई कलाकार मिडियाले नभई दर्शकले उनको कामले ‘महानायक’ को पद दिएको पुजनाले तर्क गरेकी छन् ।
साथै पुजनाले नेपाली चलचित्र उद्योगलाई बलिउडसँग दाज्न नहुने समेत बताएकी छन् । पुजनाले नेपाली चलचित्रमा राम्रो र क्षमता भएको कलाकारलाई सम्मान नगरीने समेत बताएकी छन् । ग्रुपिजम रहेको समेत उनको भनाई छ ।

राजेश हमालको ‘महानायक’ उपाधि प्रति कलाकारहरुमा चर्को वहस चलिरहेको छ । केही साताअघि दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न उठाएपछि दीपाश्रीले राजेश हमालको मात्र नभई समग्र नेपाली चलचित्र क्षेत्रकै विरुद्ध अभिव्यक्ति दिएको भन्दै निर्माता, कलाकार तथा निर्देशकहरुले राजेश हमाल प्रति समर्थन जनाउँन थालेका छन् ।

दीपा श्री र उनका टीम मेम्बर दीपकराज गिरीप्रति राजेश हमालका प्रशंसकले मात्र हैन कलाकारहरुले समेत गाली र आलोचना गर्न थालेका छन् ।
हेर्नुहोस भिडियो

https://www.facebook.com/LoveLifeMotivator/videos/384333282533233/

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *