पछिल्लो २४ घण्टामा १०८ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । १०८ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १६ हजार ५३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार संक्रमितमध्ये ७ हजार ८९१ जना संक्रमणमुक्त भइसकेका छन् । क्वारेन्टाइनमा २४ हजार ४२५ जना रहेका छन् । आज थपिएका संक्रमितमध्ये कामाडौंका ५ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *