काठमाडौंमा पनि घट्यो संक्रमित दर, आज जम्मा ५ जना थपिए

काठमाडाैं । देशभर काेराेना भाइरस (काेभिड १९) संक्रमित घटिरहेकाे अवस्थामा काठमाडाैं उपत्यकामा पनि संक्रमणदर घट्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा देशभर थपिएका १०८ संक्रमितमध्ये काठमाडाैंका ५ जना मात्रै रहेका छन् ।

आज (बिहीबार) काे प्रेस ब्रिफिङका क्रमम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसकाे पुष्टि गरेका हुन् । काठमाडाैंका विभिन्न प्रयाेगशालामा गरिएका परीक्षणमा काठमाडाैंका ५ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।

बुधबार ललितपुर र काठमाडाैंका गरी २३ जनामा संक्रमण पुष्टि भएकाे थियाे । त्यसैगरी मंगलबार २८ जनामा संक्रमण पुष्टि भएकाे थियाे भने साेमाबार काठमाडाैंका ५४ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

आज १०८ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितकाे संख्या १६ हजार ५३१ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *