छोटो दूरीमा सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय

काठमाडौं । सरकारले छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा अर्थ तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले छोटो दुरीका सार्वजनिक यातायात खोल्न दिने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्नेछन् । काठमाडौंको हकमा उपत्यकाभित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *