सरीता गिरीको पक्षमा स्टाटस लेख्ने अन्सारीको अभिव्यक्ति खेदजनक, मानवधिकार आयोगले गरायो सचेत

काठमाडौं । राष्ट्रिय मानव अधिकार आययागले सदस्य मोहना अन्सारीका भनाइप्रति ध्यानाकर्षण भएको बताएको छ । आयोगकी सदस्य अन्सारीले सामाजिक सञ्जालमा दलको  अधिकार निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गरेको भनाइ अस्वीकार गरेको बताएको छ ।

आयोगकी सदस्य अन्सारीले सामाजिक सञ्जालमा भ्रम सिर्जना हुने गरी दिएको अभिव्यक्ति प्रति खेद प्रकट गर्दै त्यस्ता भ्रम सामाजिक सञ्जालमा व्यक्त नगर्न आयोगले सचेत गराएको छ ।

आयोगका सदस्य अनुपराज शर्माले एक विज्ञप्ति जारी गर्दै सदस्य मोहना अन्सारीले सांसद सरीता गिरीको कारबाहीको विषयलाई लिएर असार २३ गते ट्वीटरमा खेदजनक अभिव्यक्ति दिएको प्रति आयोग गम्भीर भएको बताएका छन् ।

संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरीता गिरीमाथि गर्न लागेको कारबाही ‘खेदजनक’ तथा ‘कथित छानविन प्रतिवेदन’ दलको अधिकार निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गरेको भनाइलाई आयोगले अस्वीकार गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगबाट असार १५ गते सदस्यहरुलाई भ्रम सिर्जना हुनेगरी नबोल्न पनि सचेत गराईको आयोगले जनाएको छ । सचेत गराउँदा गराउँदै पनि यसकिसिमको भ्रम सिर्जना गर्ने विचार सामाजिक सञ्जालमा आउनु खेदजनक छ ।

‘असार १५ गते सदस्यहरुलाई भ्रम सिर्जना हुनेगरी नबोल्न पनि सचेत गराई गराइएको हो । तथापि यसकिसिमका भनाइ ट्वटिरमा आउनु खेदजनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *