प्रचण्ड–ओलीबीच तिक्तता बढ्याे, वार्ता अनिश्चित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमती खोज्न बस्ने भनिएको वार्ता अनिश्चित भएको छ । बुधबारको वार्तामा सहमतिका कुरा नमिलेपछि दुई अध्यक्ष्यबीचको अर्को बैठक अनिश्चित बनेको हो ।

यसअघिका वार्तामा सहमतिको प्रयास गरिएपनि बुधबार ओली–प्रचण्डबीच भएको वान टु वान वार्तामा दुवै अध्यक्षले पुरानै अडान राखेका छन् । प्रचण्डले पार्टी एकता जोगाउनका लागि सहमति अपरिहार्य भएकाले दुईमध्ये कुनै एउटा पद त्याग गरेर निकास दिन पुरानै प्रस्ताव दोहोर्‍याएका थिए भने प्रम ओलीले एक्लै अध्यक्ष बन्नका लागि एकता महाधिवेशन र प्रधानमन्त्री बन्ने हो भने जनादेशका लागि अर्को चुनावसम्म कुर्नुपर्ने बताएका थिए ।

दुवैले आ–आफ्नै अडान जारी राख्दा वार्ता विना निष्कर्ष ढुंगिएको थियो । बुधबारको वार्तामा तिक्तता आएपछि आजको बैठक अनिश्चित बनेको हो । अब दुवै अध्यक्ष कहिले छलफलमा बस्ने भन्ने टुंगाे लागेकाे छैन । अध्यक्षबीच कुरा नमिल्दा स्थायी समितकाे बैठक पनि ४ पटक सरिसकेकाे छ । समितिकाे बैठक भाेलि बस्ने तय गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *