सरकारले भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खाेज्छः मन्त्री खतिवडा

काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचनामन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले भारतीय सञ्चार माध्यमविरुद्ध राजनीतिक र कानुनी उपचार खोज्ने बताएका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय मिडियाले गरेको अनर्गल प्रचारबारे बोल्दै उनले यस्ता बताएका हुन् ।

उनले भने, ‘चरित्र हत्या गर्नेगरी, मान–प्रतिष्ठा घट्नेगरी गरिएका सञ्चार माध्यमका समाचार तथा विश्लेषणको सरकारले भत्र्सना गर्छ । मिडियालाई बन्देज गर्ने भन्दा पनि ऊ आफैँ सचेत होस् भन्ने सरकारको चाहना हो । यसमा राजनीतिक र कानुनी दुवै उपचार खोज्न जरुरी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *