ओली-प्रचण्ड विवादमा, दोस्रो पुस्ताका नेताहरु छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद चुलिँदै जाँदा दास्रो पुस्ताका नेताहरु पनि छलफलमा जुटेका छन् । बिहीबार साँझ सिंहदरबारस्थित कृषि मत्रालयको हलमा नेकपाका स्थायी सदस्यहबीच छलफल चलिरहेको छ ।

स्रोतका अनुसार छलफलमा कृषि मन्त्री घनश्याम भुसाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री बर्षमान पुन, वन मन्त्री शक्तिबहादुर बस्नेत, पर्यटन मन्त्री योगेश भट्टराई, स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा, प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल सहभागी छन् ।

छलफलको नेतृत्व कृषिमन्त्री भुषालले गरेका छन् । छलफलमा एकता हुँदाको म्यान्डेडका आधारमा अगाडी बढ्न सुझाव दिइएको छ ।

नेकपाका दुई अध्यक्षबीच वार्ता भएर निकास दिन सकेको छैन । दुई अध्यक्षबीचको विवाद नमिल्दा स्थायी समिति बैठक पनि सर्दै आएको छ । अध्यक्षद्वयको विवादका कारण पार्टी एकतामा पनि प्रश्न चिन्ह लागेको छ । पार्टी विभाजन सम्मका कुराहरु उठिसकेपछि नेकपाका नेता कार्यकर्ताहरु सहमतिका लागि छलफलमा जुटेका हुन् ।

यसअघि असार १९ गते पनि स्थायी समिति सदस्यहरुबीच छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *