एप्पलका नयाँ आइफोन सार्वजनिक, कति छ मूल्य ? (हेर्नुहोस् सूचीसहित)

काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौै देखि बजारमा एप्पलका असली उत्पादनहरु बिक्री गर्दै आएको छ ।

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक) को एक मात्र वितरक जेननेक्स्टले आइफोन यहि जुलाईदेखि नेपालमा आईफोन एसई सार्वजनिक गर्ने जनाएको छ ।

यो ६४जीबी, १२८जीबी र २५६ जीबीमा कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध हुनेछ । सबैभन्दा प्रत्याशित आईफोनहरु नेपाली बजारमा भित्रिने भएका छन् जसले स्मार्टफोन प्रेमीहरु माझ उत्साहपूर्ण प्रतिक्षा जगाएको छ ।

साथै ग्राहकहरुले छुट पनि पाउनेछन् । म्याकबुक प्रो १३ इन्च १.४जीएचजेड/क्वाडाकोर आइ फाइभ/८जीबी/२५६ जीबी मोडलको मोबाइलमा तोकिएको मूल्य २ लाख १७ हजार ५ सय रहेकोमा छुट पटि १ लाख ७८ हजारमा उपलब्ध हुने जनाईएको छ । यस्तसोही मोडलको आइफाइभ ८जीबी/१२८जीबीको मोबाइल १ लाख ८८ हजार तोकिएको मूल्यमा छुट पछि १ लाख ६५ हजारमा उपलब्ध हुनेछ ।

ग्राहकहरुलाई असली एप्पल उत्पादनहरु आधिकारिक च्यानलहरुबाट मात्र खरिद, सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा एक वर्षको वारेन्टिका पनि दिइने भएको छ ।

ग्राहकहरुलाई सक्कली बिल मात्र लिन भनिएको छ । एप्पलका आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर, राइजिंग मल, क्वालीटी कम्प्यूटर (विर्तामोड, झापा) हुन् । मोबाइल ट्रोन, फ्युचर टेक ट्रेडबाट मात्र खरिद गर्न तथा जेननेक्स्टको होलोग्राम बक्समा हेर्न कम्पनीले आग्र्रह गरेको छ ।

खरिद गर्न लागेको उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि यो वेबसाइट लिंकमा www.gnextcom.com/check-service-tag गएर सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्नु सकिने छ ।

सावधान हुनुहोस् र स्ट्याण्डर्ड प्रोडक्ट वारेन्टी प्राप्त गर्नका लागि सक्कली उत्पादनहरुमा मात्र रकम खर्च गर्दा सुनिश्चिित गर्नुपर्ने छ । ग्रे फोनहरु अवैध रुपमा देशमा आयात हुने गरेका छन् र ती उच्च मुल्यका हुन्छन् । त्यस्ता फोनहरुको कुनै वारेण्टी हुँदैन र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन् । एप्पलले सक्कली उत्पादनहरु मात्र खरिद गर्न र अनधिकृत खरिद च्यानलहरुबाट टाढै रहन अनुरोध गरेको छ ।

अद्यावधिक गरिएको मुल्य सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *