नारायणगढको औषधिको होलसेल पसलमा आगलागी

काठमाडौं । नारायणगढको एक औषधि पसलमा आगलागी भएको छ । चितवनको नारायणगढमा शहिदचोकस्थित हिमालयन बैङ्क पछाडि रहेको मेडिमिक्स इन्टरप्राइजेजमा बिहीबार आगलागी भएको हो ।

दुइृवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविन रेग्मीले जानकारी दिएका छन् ।

आगलागिको थप विवरण आउन बाँकी रहेको र आगलागी के कारणले भयो भन्ने पनि खुल्न नसकेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *