होम क्वारेन्टाइनमा बसेकालाई कोरोना पुष्टि

चितवन। चितवनमा घरकै क्वारेन्टिनमा बसेका एक पुरुषमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टमा भरतपुर–१६ का ३७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ रहेको पुष्टि भएको हो । ती पुरुष कतारबाट आएर आफ्नै घरमा ‘होम क्वारेन्टिन’ बसिरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।

यहाँको प्रयोगशालामा बिहीबार १५९ जनाको स्वाब नमुना परीक्षण गरिएका थिए । बाँकी सबै नेगेटिभ आएको प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *