राजेश हमालको समर्थनमा जिवन लुँइटेलले रचे कविता ‘किनकी ऊ राजेश हमाल हो’ (भिडियाे सहित)

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘महानायक’ को विषयमा चर्चा परिचर्चा भइरहँदा अमेरिकामा रहेका कुनै बेलाका चर्चित नायक जिवन लुँईटेलले राजेश हमालको समर्थनमा आकर्षक कविता रचेका छन् ।

राजेश हमालले खेलेका फिल्महरुको नाम समेटेर नायक जिवन लुईंटेलले आकर्षक कविता रचेर आफैं व्यक्त गरेका छन् ।
जिवन लुईंटेलको युट्युवमा राखिएको २ मिनेट बढिको भिडियोमा उनले कविता पढेका छन् । लुईंटेलले ‘किनकी ऊ राजेश हमाल हो’ भन्दै कविता रचेका छन् ।

कवितामा राजेश हमालको पहिलो फिल्म युगदेखि युगसम्म, देउता, पृथ्वी, ज्वाला, चट्याङ, सिमाना लगायत दर्जनौं चलचित्रको नाम उल्लेख गरेका छन् ।

निर्देशक कलाकार दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा राजेश हमाललाई ‘महानायक हो र ?’ भन्दै प्रश्न तेर्स्याएपछि उनको चौतर्फि विरोध भइरहेको छ । यस्तोमा अमेरिकामा रहेका कुनै बेलाका लोकप्रिय नायक जिवन लुईंटेलले पनि महानायक राजेश हमालको समर्थनमा कविता रचेका हुन् ।

२५ वर्षसम्म नेपाली चलचित्रलाई काँधमा बोकेर अहिलेको अवस्थामा राजेश हमालले नै ल्याएको भन्दै सिनियर देखि जुनियर कलाकारहरु एकबद्ध भएका छन् । कुनै बेला नेपाली चलचित्रलाई अगाडी बढाउन र नयाँ कलाकार तथा निर्माताहरुलाई चलचित्र क्षेत्रमा अगाडी ल्याउन राजेश हमालले कम बजेटमा चलचित्र खेलिदिएका थिए भने २४ घण्टासम्म काम गरेका थिए ।

हेर्नुहोस भिडियो

https://www.facebook.com/makalukhabar/videos/619210232030521/

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *