केएमसीमा मृत्यु भएको पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । केएमसी अस्पतालमा मृत्यु भएको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २५ असारमा गोकर्णका ५४ वर्षीय पुरुषको उपचारको क्रममा केएमसीमा मृत्यु भएको थियो । २६ असारमा उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले पुष्टि गरे ।

ती पुरुष मिर्गौलाको बिरामी भएको पनि अस्प्तालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई गत १९ असारमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो ।

तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार शुरु गरिएको थियो ।

कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भयो ।

मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो । नेपाली सेनाको टोलीले शनिबार (आज) बिहान उनको शव व्यवस्थापन गरेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *