बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी, देउवा पनि सहभागी
मकालु खबर
२०७७ असार २७ गते
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक अहिले जारी छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा चलिरहेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।
कोरोना संक्रमण र देशभर बाढीपहिरोका घटना बढिरहेका बेला परिषद्को बैठक आज बसेको हो ।
विपद् व्यवस्थापन परिषदकाे बैठकमा प्रधानमन्त्रीज्यू र प्रमुख विपक्षी नेता । @बालुवाटार । pic.twitter.com/sTlYx0Ygol
— Surya Thapa (@ThapajiSurya) July 11, 2020
मकालु खबर
२०७७ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित